एक रुपैयाँ घट्यो पेट्रोलको मुल्य

काठमाडौं । अन्तर्राष्ट्रिय मुल्य अनुसार समायोजन गर्दै नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । नयाँ मुल्य बुधबार (आज) राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

नयाँ मुल्य अनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको ११० रुपैयाँ हुने निगमका उपनिर्देशक विनितमणि उपाध्यायले बताए । अन्तर्राष्ट्रिय बजारमा कायम रहेको पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुरुप समायोजन गरिएको निगमले जनाएको छ।

तर पेट्रोलबाहेक अन्य इन्धनको मूल्यमा कुनै परिवर्तन गरिएको छैन् । अघिल्लो पटक मुल्य घटबढ हुदाँ हुने पाक्षिक नाफा सार्वजनिक गरिने भएपनि यो पटक भने निगमले सार्वजनिक गरेको छैन।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सडक मर्मतसम्भारको प्रयोजनार्थ पेट्रोलियम पदार्थबाट प्रतिलिटर एक रुपैयाँ कर उठाउने निर्णय लिएसँगै जेठ १५ गते आयल निगमले मूल्य बढाएको थियो।

Loading...