fbpx

वातावरण दिवसको अबसर पारेर बेलबारी प्लाष्टिक मुक्त

बेलबारी ।

बेलवारी नगरपालिका प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि बेलबारी नगरपालिकालाई प्लष्टिक झोला निषेधित घोषणा गरिएको हो ।

विश्व वातावरण दिवसको अवसर पारेर आयोजना गरिएको घोषणा कार्यक्रममा मेयर ज्ञानेन्द्र सुवेदी, उपमेयर ढाकाकुमारी पराजुली र प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले डस्टविनमा पलाष्टिकका झोला हालेर बेलबारी प्लाष्टिक मुक्त संकेत गरे ।

प्लाष्टिक मुक्त घोषणाको तयारी स्वरुप यसअघि विभिन्न चरणमा कार्यक्रमहरु अयोजना गरिएका थिए । मानवीय स्वास्थ्य र वातावरणिय स्वच्छताका लागि प्लाष्टिक घातक हुने भएकाले प्लाष्टिक मुक्त घोषणा गर्नुपरेको मेयर सुवेदीको भनाई छ ।

प्लाष्टिक मुक्त नगर घोषणा भएको कुरालाई दिगो रुपमा कार्यान्वयन गर्न सबै लाग्नुपर्ने भन्दै सरोकारवाला सबै पक्षलाई सुवेदीले आग्रह समेत गरेका छन् ।

कार्यक्रममा प्लाष्टिक झोलाको विकल्पमा कपडाको झोला प्रयोगमा ल्याउन प्रोत्साहन गर्ने उदेश्यले मेयर ज्ञानेन्द्र सुबेदीले विभिन्न क्षेत्रका प्रतिनिधिलाई हस्तान्तरण गरेका थिए । प्लाष्टिक झोला मुक्त बेलबारी बनाउन उद्योग बाणिज्य संघ बेलबारीको सहयोग रहने सहासचिब विवेक मिश्रले बताए ।

प्रतिक्रिया

Loading...