लोकसेवा विरुद्ध प्रदेश २ ले सर्वाेच्चमा मुद्धा हाल्दै

वीरगंज ।

लोकसेवा आयोज विरुद्ध प्रदेश नम्बर २ सरकारले विहिबार मुद्धा हाल्ने भएको छ । संविधानले निर्दिष्ट गरेको समावेसीको सिद्धान्तलाई लोकसेवा आयोगले मर्दन गरेको भन्दै सोको विरुद्ध आफुहरु बिहीबार सर्वोच्चमा मुद्दा दर्ता गराउन लागेको प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।

प्रदेश सरकारका दुई घटक दलमध्येको राष्ट्रिय जनता पार्टीका प्रदेश संसदीय दलका नेता समेत रहेका सोनलले संविधान र संघीयतालाई असफल बनाउन आयोगले आरक्षणको संवैधानिक व्यवस्थालाई उल्लंघन गरेको आरोप लगाए ।

उक्त विज्ञापनका लागि निर्णय गर्ने, आदेश दिने र फाइल अगाडि अधिकारीहरु उपर दण्डको माग गर्दै मुद्दा गर्ने उनले बताए । बिहिबार प्रदेश नम्बर २ सरकारकै तर्फबाट मुद्धा हाल्ने उनले जानकारी दिएका हुन् । उनले लोकसेवा आयोगका अधिकारीहरुले संविधान पढेकोमा संका रहेको भन्दै पदाधिकारी र अधिकृतहरुको मनोमानिले अचम्म लागेको बताए । आयोगका पदाधिकारी तथा अधिकृतहरुलाई उनले एक पटक संविधान पढ्न समेत आग्रह गरे ।

प्रदेश सरकारले यसलाई हलुका रुपमा नलिई गम्भीर रुपमा लिएको भन्दै उनले भने ‘प्रदेश लोकसेवा आयोग ऐनको विधेयक र करार ऐनको विधेयक प्रदेश सभामा लगिसकेको छ । ऐनहरु पारित भएर आइसकेपछि प्रदेशले आफै कर्मचारी भर्ना र प्रहरी भर्ना समेत गर्ने उनले बताए।

संघीय लोक सेवा आयोगले जेठ १५ गते ९ हजार १ सय ६१ पदका लागि आह्वान गरेको विज्ञापन संविधानले प्रत्याभूत गरेको समावेशी समानुपातिक सिद्धान्त अनुसार नभएको भन्दै विभिन्न क्षेत्रबाट विरोध हुदै आएको छ ।
लोकसेवाआयोगले निकालेको उक्त बिज्ञापन अनुसार दलित, मधेशी, मुस्लिम तथा अल्पसंख्यकको प्रतिशत कम भएको भन्दै विरोध हुदै आएको छ ।

Loading...