fbpx

चन्दा नदिँदा मेयरमाथि मस्जिदमै हातपात

रौतहट,
चन्दाको निहुँमा रौतहटको राजपुर नगरपालिका मेयरमाथि कुटपिट भएको छ । इद चन्दा नदिएपछि मेयर शेख सकिलमाथि कुटपिट भएको हो । उनीमाथि महम्मुदिया मस्जिदमा कुटपिट भएको प्रहरीले जनाएको छ ।

ईदमा कार्यक्रम गर्नका लागि स्थानीयले मेयरसँग चन्दा सहयोग माग गरेका थिए । तर, मेयरले आफूसँग नभएको बताएका थिए । मस्जिदमा नवाज पढ्न गएको बेला स्थानीय मागेजति सहयोग गर्न नसकेका कारण केही व्यक्तिहरुले कुटपिट गरेको मेयर शेखलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

कुटपिटका कारण उनको टाउकोमा चोट लागेको बताइएको छ ।

Loading...