सौगातलाई पहिलो हेराइमा नै मन परेकी श्रृष्टि

विराटनगर,

चर्चित अभिनेता सौगात मल्ल र पुर्व मिस नेपाल र अभिनेत्री शृष्टी श्रेष्ठ अहिले चलचित्र ’पोइ र्पयो काले’ को सुटिङको लागी पोखरामा ब्यस्त रहेका छन् । यिनीहरु दुई लामो समय देखि प्रेम सम्बन्धमा रहेको सबैलाई थाहा नै छ ।

यी दुईले पहिलो पटक एउटै चलचित्रमा काम गर्न लागेका हुन् । अफस्क्रिन जोडीलाई अनस्क्रिन देख्नलाई दर्शकहरु पनि निकै उत्साहित रहेका छ । यि दुइ प्रेम सम्बन्धमा रमाएर मात्र नभएर आफ्नो विवाहदेखी करीयरको बारेमा सोचेर अगाडी बढिरहेका छन् ।

सुटिङको सेटमै भेट हुँदा होस् या अन्य कुनै कार्यक्रममा होस् यि जोडी एक अर्काको तारिफ गर्न कहिले छुटाउदैनन् र मिडियामा आफुहरुको प्रेम सम्बन्धको बारेमा कुरा गर्न पनि हिचकिचाउ दैनन् । लामो समय देखि प्रेममा परेका यी दुई विवाहको बारेमा हतारिएका भने छैनन् ।

सौगातले एक अन्तर्वार्तामा आफ्नो प्रेमको सम्बन्धको कुरा खोल्दै आफुले शृष्टिलाई उनि अभिनित नाटक ’ह्याम्लेट’ मा पहिलो पल्ट देखेको र पहिलो हेराईमा नै उनलाई मन पराउन थालेको बताएका छ्न् । शृष्टिले पनि सौगातले आफ्नो करीयरलाई हौसला दिने र आफुलाई सम्मान गर्ने बानीले उनि मनपरेको बताएकी छिन् ।

लिभिङ रिलेसनमा बसीरहेका सौगात र शृष्टि एक अर्काको हरेक कुरालाई साथ दिदै र अफुहरुमा भएको कमी कमजोरीलाई सच्च्याउन मद्दत गर्ने बताउँछन् । अहिले आफ्नो करियरलाई प्राथमिकता दिएका यो जोडी अब केहि वर्ष्भित्र वैवाहिक सम्बन्धमा बाँधिने भएका छन् ।

Loading...