fbpx

एनसेलको कर निर्धारणको विषय सर्वाेच्चको पुर्ण इजलासमा

काठमाडौं ।

एनसेलको कर निर्धारणको विषयमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई मंगलबारदेखि सुरु भएको छ ।

बृहद पुर्ण सुनुवाईमा न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माले एनसेलको कर विवादमाथिको सुनुवाई सुरु गरेका छन् । मंगलबार एनसेलका तर्फबाट कानून व्यवसायीहरुले धारणा राखेका छन् । तर यो क्रम नसकिएपछि अर्को पेशी असार १० गतेका लागि तोकिएको छ ।

सर्वोच्च अदालतका अनुसार न्यायाधीशहरु विभिन्न जिल्लामा अदालत निरीक्षणमा जानुपर्ने भएकाले अर्को पेशी असोज १० गतेका लागि तोकिएको हो । वैशाख ३ गते ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ कर निर्धारण गरेपछि त्यसविरुद्ध एनसेल वैशाख ९ गते सर्वोच्चमा रिट दायर गरेको हो ।

रीटमाथि सुनुवाई गर्दै न्यायाधीशहरु सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यो विषयलाई जेठ २१ गते बृहत पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । अब एनसेलले असार १० गतेसम्म लाभकर बुझाउन नपर्ने भएको छ ।

प्रतिक्रिया

Loading...