भूकम्पको हल्ला फैल्याउने ज्योतिष क्षेत्री पक्राउ

काठमाडौं,
नेपालमा फेरि ठूलो भूकम्प आउँछ भन्दै हल्ला फैल्याउने ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालहरुमा २०७२ सालको भन्दा ठूलो भूकम्प आउने बताउँदै त्रास फैल्याएको आरोपमा प्रहरीले क्षेत्रीलाई पक्राउ गरेको हो ।

युट्युब च्यानलहरुमा अन्तर्वार्ताका क्रममा उनले भूकम्प आउने ठोकुवा गरेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो ।

उनीमाथि विपदसम्बन्धी अफवाह फैलाएको अभियोगमा अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

Loading...