जलवायु परिवर्तनको असर : भारतको चुरुको तापक्रम ५० डिग्री माथि

चुरु, भारत । जलवायू परिवर्तका कारण भारतको राजस्थान प्रदेशमा रहेको चुरु सहरको तापक्रम ५० डिग्री सेल्सीयस भन्दा माथी पुगेको छ । भारतीय सञ्चार माध्यमका अनुसार चुरु भन्ने स्थानको तापक्रमा ५०.८ डिग्री सेल्सीयस सम्म पुगेको हो ।

सरकारी अधिकारीहरुका अनुसार भारतमा सन् २०१६ को मे महिनामा राजस्थानको फलोडी सहरमा ५१ डिग्री सेल्सीयस तापक्रम मापन भएको थियो ।

तापक्रमका कारण आइतबार राजस्थानकै सिकर जिल्लामा एक जना किसानको मृत्यु भएको थियो । भारतीय मौसम विभागले राजस्थान र मध्य प्रदेशमा धेरै दिनदेखि तापक्रम उच्च हुँदै आएको बताएको छ । विभागले अझै लगातार तापक्रम उच्च हुने चेतावनी दिएको छ । नयाँ दिल्ली र उत्तर प्रदेशमा पनि उच्च तापक्रमको प्रभाव पर्न सक्ने मौसम विभागर्ला उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । नयाँ दिल्लीको तापक्रमा ४० डिग्री सेल्सीयसको आसपासमा छ ।

Loading...