fbpx

गम्भिर दुर्घटनापछि श्रीमतीलाई भिडियो कल….

विराटनगर । यात्राका क्रममा दुर्घटना भए हामी तत्काल उपचारकालागि अस्पताल जान्छौ । उपचार बाहेक अन्य विषयमा ध्यान हुँदैन् । तर सुन्दा अचम्म लाग्ने घटना भारतमा भएको छ । फिल्मको कहानीमा जस्तै एक व्यक्ति दुर्घटना भएपछि आफ्नी श्रीमतीलाई घटनाको बारेमा सुनाउँछन् र प्राण त्याग्छन् ।

यो घटना पटनास्थित बेगुसरायको नेसनल हाइवेको हो । हाइवेमा दुर्घटनामा परेका एक युवकले श्रीमतीसँग भिडियो कल गर्दागर्दै प्राण त्यागेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

सञ्चार माध्यमहरुका घटनापछि युवकले दुर्घटनामा परेको बारे श्रीमतीसँग भिडियो कल गरेर देखाउँछन् । उनको एउटा खुट्टा चुट्टीएको हुन्छ ।

बोल्दा बोल्दै बेहोस भएका उनलाई प्रहरीले अस्पताल सम्म पुर्‍याउँछ । तर चिकित्सले उनलाई मृत घोषणा गरिदिए। मोटरसाइकल चलाइरहेका उनलाई ट्रकले किचेको थियो ।

तीन वर्ष अघि विवाह गरेका ती युवा सुसुराली जाँदै थिए । तर आधाबाटोमा दुर्घटना परेपछि श्रीमतीलाई अवस्थाको बारेमा जानकारी गराएर प्राण त्यागे । उनका एक सात महिनाकी छोरी छन्।

प्रतिक्रिया

eighteen − 17 =

Loading...