मार्कललाई गाली नगरेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डचिस अफ ससेक्स मेगन मार्कललाई आफूल ‘ दुष्ट’ नभनेको दाबी गरेका छन् । उनले एक पत्रिकालाई दिएको अन्तरवार्तामा मेगनलाई कहिल्यै ‘दुष्ट’ नभनेको दाबि ठरेका हुन् । आइतवार ट्वीट गर्दै ट्रम्पले भनेका छन् ‘ यो मिथ्या समाचार फैलाउने सञ्चारमाध्यमको काम हो र उनीहरू आत्तिए ।’

ट्रम्पले आफ्नो बेलायत भ्रमणपूर्व सन पत्रिकालाई दिएको अन्तर्वार्तामा मार्कलबारे टिप्पणी गरेका थिए । भूतपूर्व अमेरिकी अभिनेत्री मार्कल ट्रम्पको प्रखर आलोचक  थिइन्  ।

उनले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी हिलरी क्लिन्टनलाई समर्थन गरेकी थिइन् र ड्रम्पलाई विभाजनकारी र स्त्रीद्वेषी भनेकी थिइन् ।

सन पत्रिकासँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले पहिलो पटक मार्कलले गरेको आलोचनाबारे सुनेको बताएका थिए । तर ट्रम्पले गरेको टिप्पणीको अडिओ रेकर्ड सार्वजनिक भइसकेको छ।

मार्कल राजपरिवारमा प्रवेश गरेकोमा प्रसन्नता व्यक्त गर्दै ट्रम्पले मार्कलले असल राजकुमारीको भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए । ‘यो राम्रो कुरा हो र मलाई लाग्छ उनले त्यस भूमिकालाई राम्ररी निर्वाह गर्नेछिन्’ उनले भनेका छन् । बिबिसीको सहयोगमा

Loading...