इपिएस भाषा परीक्षाकालागि परीक्षा केन्द्र तोकियो

काठमाडौं । कोरिया जानकालागि कोरियन भाषा परीक्षाको परीक्षा केन्द्र तोकिएको छ। वैदेशिक रोजगारीकालागि कोरिया जाने फारम भरेकाहरुकालागि जेठ २५ र २६ गते भाषा परीक्षा गर्ने समय तोकिएको थियो ।

सो परीक्षाकालागि वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस शाखाले परीक्षा केन्द्र तोकेको हो । यो पटक भाषा परीक्षा काठमाडौं, ललितपुर र पोखरामा हुनेछ ।

Loading...