fbpx

प्रधानमन्त्री हुनासाथ मोदीकालागि ट्रम्पले दिए दुखद खबर

भारत ।

अमेरीकाले भारतलाई दिएको व्यापार सम्बन्धि दिएको छुट हटाएको छ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ जुनदेखि भारतले पाउँदै आएको जेनरेलाइज सिष्टम अफ प्रफमेन्स (जिएसपी) हटाउने बताएका हुन् ।

ट्रम्पले यही वर्षको मार्चमा भारतलाई दिदै आएको व्यापार छुट जीएसपी कार्यक्रम हटाउने बताएका थिए ।  ट्रम्पले अमेरीकालाई भारतलाई यो विषयमा धेरै सचेत गराएपनि भारतमा अमेरिकी उत्पादनलाई समान पहुँच नदिएपछि बाध्यात्मक कदमका रुपमा जिएसपी हटाउन बाध्य भएको बताए ।

भारतले पनि अमेरीकाले जस्तै भारतीय बजारमा अमेरीकी उत्पादनलाई समान छुटको व्यवस्था गर्ने आश्वासन नदिएको ट्रम्पको भनाई छ । यसपछि ५.६ अर्व डलर बराबरको व्यापारमा भारतले निर्यात छुट गुमाउने छ । अमेरीकाले भारतमा रहेको व्यापार सिमाले घाटा भइरहेको जनाएको छ ।

तर भारतका वाणिज्य सचिव अनुप वधावनले अमेरीकाको यो फैसलाले ५.६ अर्व डलर बराबरको निर्यातले केही विशेष प्रभाव नपार्ने बताए । तर जिएसपीको सुबिधा दिन अमेरीकी काँग्रेसका सदस्यहरुले ट्रम्पलाई चिठ्ठी लेखेका छन् ।

अमेरीकाको जीएसपी छुटको धेरै लाभ लिने देशको सुचीमा रहेको छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Loading...