मोरङ व्यापार संघको विवाद पुग्यो जिल्ला प्रशासनसम्म

नामावलीको विषयमा पर्याे दावी विरोध

विराटनगर ।

एक पक्षीय रुपमा निर्वाचन परिणाम आफ्नो तिर पार्न नियतवश मतदाताको पुर्ण विबरण उल्लेख नगरी नामावली प्रकाशन गरिएपछि मोरङ व्यापार संघको विवाद जिल्ला प्रशासन कार्यालयसम्म पुगेको छ ।

 

जिल्ला प्रशासन कार्यालय मोरङलाई समेत बोधार्थ सहित असन्तुष्ट पक्षले संघको निर्वाचन आयोगमा दाबी विरोध जनाएको हो । नेपालकै जेठो उद्योग वाणिज्य संघ मोरङ व्यापार संघको निर्वाचन नजिकिदै जाँदा विवादपनि बढ्दै गएको छ । निर्वाचन समितिले जेठ २४ गते हुने निर्वाचनको पुर्वसन्धयामा १७ गते प्रकाशित गरेको नामावलीको विषयलाई लिएर विवाद श्रृजना भएको हो ।

विगतमा उद्योग बाणिज्य क्षेत्रका सदस्यहरुको प्रतिष्ठान र तिनका प्रतिनिधिको नाम समेत नामावलीमा सार्वजनिक गर्ने गरेकोमा अहिले हटाएर प्रतिष्ठानको नाम मात्रै सार्वजनिक गरिएको छ । असन्तुष्ट पक्षले जिल्ला प्रशासन कार्यालय मोरङमा समेत बोधार्थ दिएर निर्वाचन समितिमा दाबी विरोध गरेको छ ।

उजुरीमा यस्तो गतिविधिले उमेद्वार हुन चाहाने व्यक्तिलाई असर गरेको र मतदाता पुग्न चाहाने उमेद्वारलाई समेत अफ्ट्यारो परेको उल्लेख गरिएको छ । मोरङ व्यापार संघमा आजका मितिसम्म यस्तोखालको नामावली प्रकाशन नभएको र नियत राखेर संघलाई कब्जा गर्ने उदेश्यले यस्तो हर्कत गरिएको असन्तुष्ट पक्षको भनाई छ ।

त्यसैगरि निर्वाचनको सुचनामा २०७४ जेठ २४ गते निर्वाचन मिति लेखेर गम्भिर त्रुटि गरिएको समेत बताइएको छ । शिवम् अर्थमुभर, शिखा ट्रेडिङ, एभरेष्ट आयल इन्डष्ट्रीज्लगायतले दाबी विरोध गरेका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका अभिनाश बोहोराले यस्तो गतिविधिले संस्थाको प्रतिष्ठा धुमिल हुने बताए ।

Loading...