fbpx

सुनसरीमा गोरु काट्ने ३ जना पक्राउ

सुनसरी ।
सुनसरीको बराहक्षेत्रनगरपालिका ३ नहडामा गोरु काट्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राती पौने १० बजे स्थानीय ३४ वर्षीय मिना शेर्पाको घरमा बहर गोरु काटिरहेको बेला तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

गोरु काटेर भाग लगाउने क्रममा अस्थायी प्रहरी पोस्ट बाङ्गेबाट गएको प्रहरीको टोलिले घरधनि मिना सेर्पा, आसिक राई र तिलक राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

Loading...