fbpx

अझै तीन दिन वर्षा हुने

विराटनगर ।
सनिबारदेखि ३ दिनसम्म देशभर वर्षा हुने सम्भावना रहेको छ । मौसम पुर्वानुमान महाशाखका अनुसार तीन दिनसम्म देशैभर आंशिकदेखि हल्का र मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

तीन दिनसम्मको मौसम पुर्वानुमान सार्वजनिक गर्दै महाशाखाले यस्तो जनाएको हो । महाशाखाका अनुसार आज दिन भर देशैभर मौसममा बदली भइरहन्छ । आज देशको पुर्वी तथा मध्य भु भाग लगायात पश्चिमी पहाडी भुभागमा आंशिक देखि सामान्य वदली रही बाँकी भुभागमा आंसिक बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।

राति भने देशैभरि आंशिक देखि सामान्य वदली रही देशको पश्चिमी भुभागका केहि स्थानहरुमा र मध्य तथा पुर्वी भुभागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

यस्तै आइतबार दिउँसो देशैभरि आंशिकदेखि सामान्य वदली हुने तथा देशका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

रातिपनि देशैभरि आंशिक देखि सामान्य वदली रही देशका थोरै स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।

सोमबार दिउँसो देशैभरि आंशिक देखि सामान्य वदली रही देशको पश्चिमी भुभागका केहि स्थानहरुमा र मध्य तथा पुर्वी भुभागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको पुर्वानुमान महाशाखाले गरेको छ।

राति देशका पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रही बाँकी भूभागमा आंसिक बदली रहने देखिन्छ ।

प्रतिक्रिया

Loading...