अमेरीकामा सरकारी कर्मचारीले जथाभाबी गोली चलाउदा ११ जनाको मृत्यु

काठमाडौं ।

अमेरिकाको भर्जिनियामा जथाभावी गोली प्रहार हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । घटनामा एक प्रहरीसहित ६ जना घाइते भएका छन् ।

भर्जीनियाको बीच म्युनिसपल सेन्टरको एक कर्मचारीले आफ्नो कार्यकक्षमा अन्दाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

ती आक्रमणकारी सककारी कर्मचारीको हुन भनेर अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर ती आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ ।

यो घटना शुक्रबार स्थानीय समयअनुसार अपराह्न ४ बजेको हो । भर्जिनियाका गभर्नर राल्फ नार्थमले भर्जिनिया बीच र पूरै कमनवेल्थका लागि त्रासदीपूर्ण दिन भनेका छन् ।

यसैगरी भर्जिनिया बीचका मेयर बबी डायरले पनि घटनालाई इतिहासकै सबैभन्दा डरलाग्दो दिन भएको प्रतिकृया दिए । अमेरिकी मिडियाहरुका अनुसार घटनास्थलमा एफबीआईले घटनाको विषयमा अनुसन्धान सुरु गरेको छ ।

अमेरिकामा यसै वर्ष भिडभाडको क्षेत्रमा भएको गोली प्रहारको घटना १५० औं भएको घटनाको रेकर्ड राख्दै आएको अमेरिकी वेबसाइट गन भ्वाइलेन्समा उल्लेख छ ।

Loading...