रोजगार मेलामा एकै दिन नौ सय जनालाई रोजगारी

रोजगार खोज्न हैन उद्यमी बन्न युवाहरुलाई मन्त्री घिमिरेको आग्रह

विराटनगर ।

प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले युवाहरुलाई आफ्नो सीप सिकेर उद्यमी बन्न आग्रह गरेका छन् ।

उद्यपुरको गाइघाटमा शुक्रबार रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री घिमिरेले युवाहरुलाई आफ्नो क्षमता विकास गरि रोजगार बन्न र सीप सिकेर उद्यमी बन्न आग्रह गरे । धेरै काममा हात नहाली एउटै काममा नयाँ सोच र नयाँ तरिकाबाट क्षमताको विकास गर्दै अझ सीप र दक्षतालाई निखार्दै उद्यमी बनेर उत्पादकत्व बढाउनु पर्ने उनको भनाई छ ।

अहिले दक्ष जनशक्ति नभएकाले रोजगार नपाएको र रोजगारदाताले पनि काम गर्ने जनशक्ति नपाएको बताउँदै मन्त्री घिमिरेले युवाहरुले सीप विकास गर्नुपर्नेमा जोड दिए । मन्त्री घिमिरेले रोजगार मेलाले रोजगारी खोजी रहेका र दक्ष जनशक्ति खोजिरहेकाहरुकोलागि पुलको काम गर्ने बताउँदै मेलाबाट भरपुर फाइदा लिन आग्रह गरे ।

त्रियुगा नगरपालिका, त्रियुगा उद्योग बाणिज्य संघ र साना तथा घरेलु उद्योग महासंघ उदयपुरले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत आयोजना गरेको मेलामा ८ सय ९९ जनाको लागि विभिन्न उद्योग र संघ संस्था तथा व्यापारिक प्रतिष्ठानले रोजगारी दिने भएका छन् ।

त्यस्तै एक हजार बढीले रोजगारीको माग गर्दै रोजगार माग फारम भरेको त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरलिे बताए । मेलामा रोजगारदाता उद्योग, सीप प्रदान गर्ने संस्था, व्यापारिक प्रतिष्ठान र विभिन्न संघ संस्था गरी दुई दर्जनबढी स्टल राखिएको छ भने तीन हजार बढीले स्टलको अवलोकन गरेको आयोजकले जनाएको छ ।

Loading...