fbpx

मोरङ व्यापार संघमा चुनावी चटारो, सर्वसम्मत हुने सम्भावना न्यून

संघप्रति पुराना व्यापारीको गुनासै गुनासा

विराटनगर । मोरङ व्यापार संघको चुनाव नजिकिदै जाँदा चहलपहल बढेको छ । व्यापार संघको निर्वाचन समितिले आगामी २४ गतेलाई मतदान र २० गते उमेद्वारी दर्ताको मिति तोकेको छ ।

निर्वाचन समितिका अनुसार यस पटक प्रोक्सी मतद्वारा मतदान हुने छ । यस अघि आधा प्रोक्सि र आधा स्वयं व्यक्ति नै उपस्थित भएर मतदान गराइएको थियो ।

अघिल्लो पटकको निर्वाचनमा राजेन्द्र राउत नेतृत्वकाे प्यानललाई पराजित गर्न पहिलाे पटक चुनाव गराइएको थियो । त्यसको नेतृत्व पवन सारडाले गरेका थिए ।  असन्तुष्टीका बिच भएको  मतदानमा राउत समुह पराजित भएकाे थियाे । अध्यक्ष सहित मुख्य पदमा सारडा समुह बिजयी भएकाे थियाे ।

सारडाकाे कार्यकाल पूरा भएपछि नयाँ नेतृत्वकालागि अध्यक्षको दावेदारका रुपमा बर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा प्रस्तुत भएका छन् । तर नेतृत्वप्रति अस्तुष्ठ रहेकाे समुहले पनि उम्मेदवारी दिने तयारी गरेकाे एक सदस्यले जानकारी दिए ।

संघमा करिव १५ सय सदस्य रहेका  छन् । सारडा समुह नेतृत्वमा आएपछि आफू निकटका सबै फर्म नविकरण गरेर अन्य सदस्यकाे नविकरण गर्ने बेला शुल्क बढाएर २५ हजार रुपैयाँ  पूर्याएकाे आराेप लाग्दै आएकाे छ ।  सारडाले व्यापार संघलाइ एकलौटी जस्तै बनाएकाे असन्तुष्ठ सदस्यहरूकाे गुनासाे छ ।  व्यापार संघमा सारडा दाेस्राे कार्यकालकालागि निर्वाचित भएपछि पुराना कर्मचारी मदन खनाल, रिता रिजाल र श्याम भण्डारीले समेत राजिनामा दिइसकेका छन् ।

बजार क्षेत्रका धेरै व्यापारीले सदस्यता नविकरण गर्न नपाएपछि व्यापार संघप्रति असन्तुष्ट छन् । पछिल्लो समयमा मोरङ व्यापार संघको गतिविधि सुस्त भएको  छ । गतिविधि सुस्त भएपछि पूर्व अध्यक्षहरुपनि जान छाडेकाे ती सदस्यले बताए ।

पछिल्लाे परिस्थिती निर्माण भएपछि प्रकाश मुन्दडा लगायतका समुहकोलागि काउन्टर उमेद्वार खडा गर्ने तयारी भइरहेको स्राेत बताउँछ ।  तर बरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले अहिलेसम्म भावी नेतृत्व सर्वसम्मत हुने देखिएको बताउँछन् । तथापी के कति उम्मेद्वारी पर्छ त्यसमा नै भर पर्ने बताए । समस्या नदेखिएको भन्दै उनले सर्वसम्मत नेतृत्व चयन हुने बताए ।

प्रतिक्रिया

Loading...