fbpx

इदुल फित्रको विदा जेठ २३ मा

काठमाण्डौँ ।

मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इदुल फित्रको दिन सार्वजनिक विदा दिने संघीय सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले विदा बारे जानकारी दिएका हुन् ।

मन्त्री परिषदको पछिल्लो बैठकले इदुल फित्रमा विदा दिने निर्णय गरेको हो । इदुल फित्रमा विदा दिने पुरानै निर्णय भए पनि दिन तोकिएको थिएन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विदा जेठ २३ गते पर्ने जानकारी दिए ।

यसैबीच मन्त्री परिषदको बैठकले नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Loading...