fbpx

सेन्टजोसेफलाई अन्तर्राष्ट्रिय अवार्ड

विराटनगर ।

विराटनगरको पुरानो मध्येको एक सेन्ट जोसेफ इङलिस स्कुलले अन्तराष्ट्रिय अवार्ड जितेको छ । इन्टरनेशनल स्कुल अवार्ड ग्लोबले प्रदान गर्ने ‘इन्फास्टक्चर तर्फको वेष्ट स्कुल अफ द इयर २०१९’ अवार्ड जितेको हो ।

ग्लोबलमा विश्वका ५१ देशहरुबाट सहभागि ९ हजार ६ सय ७३ विद्यालयले सहभागिता जनाएका थिए । ती स्कुललाई पछाडी पार्दै सेन्टजोसेफले सो अवार्ड जितेको स्कुलका निर्देशक रोहित थपलियाले जानकारी दिए ।

मे २४ र २५ तारिख भारतको पञ्जाव स्थीत चितकारा विश्वविद्यालयमा आयोजित समारोहमा उक्त अवार्ड प्रदान गरिएको थियो । सो क्रममा विभिन्न २० वटा क्षेत्रमा अवार्ड प्रदान गर्दा सेन्ट जोसेफ सहित नेपालका तीनवटा विद्यालयले विभिन्न अवार्ड जितेका थिए ।

विस २०३४ सालमा स्थापना भएको स्कुलले विराटनगरमा पहिलो पटक विद्यार्थीहरुकालागि कम्युटर र बस सुविधा उपलब्ध गराएको थियो । कक्षा नर्सरीदेखि १२ सम्म सञ्चालित सो स्कुलले कक्षा ११–१२ मा व्यवस्थापन, होटल म्यानेजमेन्ट, बिज्ञान सहितका विषय अध्यापन गराउदै आएको छ ।

प्रतिक्रिया

Loading...