fbpx

मोटाउन चाहानेका लागि किशमिश फाइदाजनक

किशमिशमा प्रशस्त मात्रामा आइरन पाइनुका साथै म्याग्नेसियम, पोटासियम, एन्टीअक्सिडेन्ट, भिटामिन ’ए’, बिटाक्यारोटिनाइड पाइन्छ । यसको नियमित सेवन गर्नाले हाम्रो शरीरमा रगतको कमी हुनबाट बचाउछ र रक्त अल्पता एनिमिया जस्तो रोग लाग्नबाट हामीलाई टाढा राख्छ ।

किशमिशमा बोरोन नामक तत्व पाइन्छ जसले हाम्रो हड्डी तथा आँखा बलियो बनाउन मद्दत गर्छ । किशमिशमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । यसको नियमित सेवनले हाम्रो पाचन क्रियालाई सहज बनाउँछ र खानेकुरा सजिलोसँग पचाउने गर्छ ।

यसमा फ्रक्टोज, ग्लुकोज जस्ता चिनीको मात्रा पर्याप्त हुन्छ । यसको सेवनले शरीरमा तुरुन्तै शक्ति पैदा गर्नुका साथै तौल कम हुने समस्या भएका व्यक्तिहरुका लागि तौल बढाउन पनि एकदम मद्दत गर्छ । यसले शरीरमा एसिडको मात्रा नियन्त्रण गरि एसिडिटी तथा पेटसम्बन्धी समस्याबाट टाढा राख्दछ ।

नियमित रुपमा यसको सेवन गर्नाले हाम्रो शरीरको खराब कोलेस्टेरोल कम गरि उक्त रक्तचाप र मुटुसम्बन्धी विभिन्न रोग लाग्नबाट हामीलाई बचाउँछ । किशमिशको नियमित सेवन गर्नाले मुख स्वस्थ हुन्छ र मुख, दाँत तथा गिजासम्बन्धी बिभिन्न समस्याहरु हटाउन मद्दत गर्छ ।

प्रतिक्रिया

Loading...