fbpx

धुर्मुस सुन्तली फाउण्डेशने निर्माण गर्ने रंगशालाको काम रोकियो

चितवन,
अराजक समुहले टिनको बार भत्काएपछि चितवनको भरतपुरमा धुर्मुस–सुन्तली फाउन्डेसनको अुगाईमा निर्माण सुरु गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको छ ।

बुधवार स्थानीय नेता प्रकाश कँडेलसहितको समूहले रंगशालाको सुरक्षाका लागि निर्माण गरेको टिनको बार स्काभेर प्रयोग गरी भत्काएपछि फाउण्डेशनले तत्कालका लागि काम रोकेको हो ।

विज्ञप्ति जारी गर्दै धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण सामाग्रीको सुरक्षा हुने अवस्था नभएको उल्लेख गर्दै तत्काल सिर्जना भएको समस्या सामधानका लागि रंगशाल निर्माणको काम स्थगित भएको जानकारी दिएको छ ।

कमदार, कर्मचारीको जिउ ज्यान, भौतिक सम्पत्तिको सुरक्षाको विषयमा खतरा र गम्भीर परिस्थिति सिजना भएका कारण समस्याको स्थायी सामधान नभएसम्म काम स्थगित गरिएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

बुधबार बिहान बाटोको माग गर्दै झन्डै २ सय जना स्थानीयको समूहले डोजर लगाएर बार भत्काएका थिए । जुन बार मंगलबारमात्रै लगाइएको थियो । बार भत्काइएपछि सीताराम कट्टेल निर्माणस्थल पुगेर रोएका थिए ।

प्रतिक्रिया

18 − five =

Loading...