fbpx

भत्ता बढेपछि ज्येष्ठ नागरिकको प्रतिक्रिया ‘३ हजार पुगेछ, ५ हजार लिन भ्याउँदिन की ? ’

विराटनगर ।

सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा ज्येष्ठ नागरिकहरुले पाउँदै गरेको सामाजिक सुरक्षा भत्ता वृद्धि गरेपछि ज्येष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका छन् ।

सरकारले सामाजिक सुरक्षा भत्ता बापत ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाइ मासिक दुइ हजार रुपैयाँका दरले वितरण गर्दै आएको थियो । तर बुधबार संघीय सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा वृद्ध भत्ता १ हजार रुपैयाँ बढाएर ३ हजार पुर्याएपछि प्रदेश १ का ज्येष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका हुन् ।

अघिल्लो आर्थिक वर्षमा ज्येष्ठ नागरिकको भत्ता नबढ्दा सशंकित बनेका ज्येष्ठ नगारिकहरुले ३ हजार रुपैयाँ पुगेपछि ५ हजार रुपैयाँसम्म पुग्नेमा आसावादी रहेको बताए ।

भत्ता बढेर ३ हजार रुपैयाँ पुगेपछि सुनसरीको धरानकी फुलमाया चम्लागाईले २ हजार रुपैयाँ पाउदै आएको भत्ता बढेर ३ हजार पुगेकोमा खुसी व्यक्त गरिन् । उनले भनिन् ‘५ सय रुपैयाँबाट भत्ता थाप्न सुरु गरेको थिए, २ हजार हुदै ३ हजार पुर्याएछ, मलाई मन लागेको खान र यसो छोराछोरीको घुम्न जान अब पुग्ने भयो ।’

यस्तै विराटनगर २ मुनालपथका हरिनन्द पराजुलीले भने ‘बढाउने भनेको थियो बढाएछ, खुसीको कुरा हो सरकारले दिने यो भत्ताले दैनिक खर्च मात्रै टार्ने हैन्, हामीलाई सम्मान गरेको हो भन्ने जस्तो लाग्छ । ’

मोरङको बेलबारी ९ का ८९ वर्षीय चक्रबहादुर कार्कीले पनि भत्ता बढेकोमा खुसी भएको बताउँदै चुनावको बेला गरेको बाचाँ अनुसार ५ हजार रुपैयाँ पुर्याउनेमा आसाबादी रहेको बताए ।

उनले भने ‘अहिले २ हजारबाट बढाएर ३ हजार पुर्याए अब चुनावको बेला भने जस्तै ५ हजार रुपैयाँ थाप्न भ्याउँछु कि भ्याउँदिन् ।’

प्रतिक्रिया

Loading...