बजेटले प्रदेश १ का उद्योगी व्यवसायी उत्साहित

विराटनगर ।
आर्थिक वर्ष २०७६/७७को बजेट महत्वकांक्षी भएपनि उद्योग तथा व्यबसाय क्षेत्रको लागि भने सकरात्मक रहेको सरोकारवालाहरुले बताएका छन् ।

बजेट वक्तव्य लगत्तै मोरङ व्यापार संघमा संक्षिप्त प्रतिकृया दिदै उद्योगीहरुले यस्तो बताएका हुन् ।  नेपालमै उत्पादन हुने बस्तु आयातमा थप कर, कच्चा पदार्थमा भन्दा निर्मित सामाग्रीमा कर बढि लगायतका कारणले उद्योग व्यबसाय प्रर्वद्धनमा सहयोग पुग्ने अपेक्षा उद्योगीहरुको छ ।

यस्तै यातायात क्षेत्रमा लगानी बढाउन बजेट बिनियोजन भएको कारण उत्पादन लागत घट्ने भन्दै विराटनगरका उद्योगीहरुले बजेट उद्योग व्यबसायमैत्री रहेको प्रतिकृया दिए ।

मोरङ व्यापार संघका बरिष्ठ उपाध्यक्ष प्रकास मुन्दडाले बजेटले उद्योगी व्यबसायीहरुको धेरै माग सम्बोधन गर्ने प्रयास गरेको बताए । उनले बजेटले गरिबी निवारण गर्ने गरि बजेट आएको प्रतिकृया दिए । प्रधानमन्त्रीको सम्बृद्ध नेपाल सुखि नेपालीको धारणालाई मनन गर्दै बजेट आएको उनको धारणा छ ।

यस्तै मोरङ व्यापार संघका पुर्व अध्यक्ष महेश जाजुले बजेट कर्णप्रिय भएपनि विराटनगरमा विशेष आर्थिक क्षेत्रको माग गरिएको लामो समय भएपनि यो वर्ष समेत नसमेटिएको बताए । तथापी समग्रमा उद्योगी व्यबसायीकोलागि बजेट सकरात्मक रहेको प्रतिकृया दिदै उनले बजेट कार्यान्वयन हुनेमा भने सङ्का व्यक्त गरे ।

यसैगरी संघकै पुर्व अध्यक्ष नन्दकिशोर अग्रवालले स्वदेशी उद्योग व्यबसाय प्रर्वद्धनको लागि बजेट सकरात्मक रहेको प्रतिकृया दिए । बजेट महत्वकांक्षी भएपनि सरकारले कार्यान्वयन गर्न सके फलदायी हुने उनको भनाई छ ।

Loading...