fbpx

ओली सरकारको उपहार : वृद्धभत्ता ५० प्रतिशत, कर्मचारीको तलब २० प्रतिशत बढ्यो

 

विराटनगर । सरकारले आगामी आर्थिक वर्षबाट लागु हुनेगरी सामाजिक सुरक्षा भत्ता र कर्मचारीले पाउने तलब बृद्धि गरेको छ । आर्थिक वर्ष २०७६–७७ बाट लागु हुने गरी सरकारले वृद्धभत्ता ५० प्रतिशत र तलब २० प्रतिशतले वृद्धि गरेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो बजेट भाषणका क्रममा कर्मचारी र ज्येष्ठ नागरिकलाई खुसी पारेकाे हो । पहिलो बजेट विनियोजन गर्दा भत्ता नबढेपछि ज्येष्ठ नागरिक र तलब नबढेपछि कर्मचारीले असन्तुष्ठी जनाएका थिए । तर साउन १ गतेबाट लागु हुनेगरी सरकारले बृद्धभत्ता वृद्धि गर्दा अब मासिक ३ हजारका दरले पाउनेछन् ।

कर्मचारीको हकमा आागमी आर्थिक वर्षबाट लागु हुने गरी पाउने स्केलबाट २० प्रतिशत बजेट वृद्धि गरेको हो । राजपत्र अनंकितका लागि २० प्रतिशत र राजपत्रांकित श्रेणीका लागि १८ प्रतिशत (नायव सुब्बासम्म २० र त्यसमाथि १८ प्रतिशत तलब) वृद्धि गरिएको छ ।

प्रतिक्रिया

Loading...