निर्वाचन क्षेत्रको विकासकालागि ६ करोड बजेट

काठमाडौं । सरकारले संघीय सांसदहरुकालागि निर्वाचिन क्षेत्र विकासकालागि ६ करोड दरले बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७६–७७ को बजेट भाषणका क्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले चालु आर्थिक वर्षकालागि विनियोजन गरिएको भन्दा २ करोड बढाउँदै ६ करोड रुपैयाँ पूर्याइएको हो ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६र७७ को बजेट सार्वजनिक गर्दै अर्थमनत्री खतिवडाले स्थानीय विकास साझेदार कार्यक्रम अन्तर्गत प्रति निर्वाचन क्षेत्र ६ करोड रुपैयाँका दरले ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन भएको जानकारी दिए । चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री खतिवडाले प्रति निर्वाचन क्षेत्र ४ करोड रुपैयाँका दरले सांसदहरुलाई रकम छुट्याएका थिए । सांदसले बजेट विनियोजन गर्न नुहने आवाज उठिरहेका बेला अर्थमन्त्रीले दुई करोड वृद्धि गरी ६ करोड बनाएका हुन् ।

प्रतिक्रिया

Loading...