visit-nepal

विराट क्षेत्रको विकासकालागि बजेट

विराटनगर । प्रदेश १ सरकरले अघि सारेको बृहत विराट क्षेत्रको विकासकालागि संघिय सरकारले बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले मोरङ र सुनसरीका स्थानीय तहलाई समेटेर बनाएको बृहत विराट क्षेत्रको गुरुयोजना तयार गर्न सरकारले बजेट विनियोजन गरेको हो । बजेट भाषणका क्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट विनियोजन गरिएको बताए । प्रदेश १ सरकारले एक महिना अघि बृहत विराट क्षेत्र विकासको अवधारण अघि सारेको थियो ।

प्रतिक्रिया

Loading...