पूर्व पश्चिम राजमार्ग चार लेनको हुने, १९ अर्ब १८ करोड बजेट

काठमाडौं,
सरकारले पूर्व-पश्चिम राजमार्ग चारलेनको बनाउनका लागि बजेट बिनियोजन गरेको छ । सरकारले पूर्व-पश्चिम राजमार्गको स्तरउन्नतीका लागि १९ अर्ब १८ करोड बजेट विनियोजन गरेको हो । सो बजेटले राजमार्ग चार लेनको बनाइनेछ ।
हुलाकी राजमार्ग कालोपत्रे गर्नका लागि १३ अर्ब विनियोजन गरिएको छ ।  दुई छिमेकी मुलुकको ब्यापार सहजीकरण र हरेक प्रदेशमा दुई राष्ट्रिय राजमार्ग पुग्ने गरी सडक बनाइने छ । मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड । वीपी राजमार्गको सुधारका लागि ९६ करोड विनियोजन भएको छ । काठमाडौंको चक्रपथ सडक विस्तारका लागि १ अर्ब ८१ करोड विनियोजन छ । नागढुंगा नौविसे सुरुङ मार्गका लागि ६ अर्ब विनियोजन  भएको छ ।

प्रतिक्रिया

Loading...