बजेट : औद्योगिक पूर्वाधारका लागि २ अर्ब ८७ करोड

विराटनगर,

आगामी आर्थिक वर्ष २०७६/७७को बजेट भाषण भइरहेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६/२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट)प्रस्तुत गरिरहेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले औद्योगिक पूर्वाधारकालागि २ अर्ब ८७ करोड बजेट छुट्याएका छन् । सरकाले औद्योगिक पूर्वाधार विकासकालागि २ अर्ब ८७ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि सात प्रदेशका विभिन्न स्थानमा औद्योगिक पूर्वधार विकासका लागि सरकारले सो बजेट विनियोजन गरेको हो ।

प्रतिक्रिया

Loading...