अब उपहार दिँदा नेपालमै बनेको सामान दिनुपर्ने

विराटनगर,

आगामी आर्थिक वर्ष २०७६/७७को बजेट भाषण भइरहेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६/२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट)प्रस्तुत गरिरहेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले उपहार दिँदा अब नेपालमै बनेको सामान दिनुपर्ने बताएका छन् । उनका अनुसार सरकारले विदेशीलाई उपहार दिनुपर्दा स्वदेशी उत्पादनका वस्तु दिनुपर्ने छ । उनले सरकारी कर्मचारीले विदेशीलाई उपहार दिनुपर्दा अनिवार्य रूपमा स्वदेशमा उत्पादन भएका वस्तु दिनुपर्ने बताएका हुन्। सरकारले स्वदेशी उत्पादनलाई प्रवर्द्धनका लागि यस्तो नियम ल्याएको हो।

प्रतिक्रिया

Loading...