visit-nepal

बजेट : नेपाल भ्रमण वर्ष सन २०२० मनाइने

विराटनगर,

आगामी आर्थिक वर्ष २०७६/७७को बजेट भाषण भइरहेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६/२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट)प्रस्तुत गरिरहेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले नेपाल भ्रमण वर्ष सन २०२० मनाइने बताएका छन् । उनले पर्यटकीय क्षेत्रको विकासका लागि सरकारले नेपाल भ्रमण वर्ष मनाउने भएको बताएका हुन् । बजेट भाषणमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सन २०२० कालागि भ्रमण वर्ष मनाउने बजेट विनियोजन गरेको बताए । जसका लागि पर्यटकिय क्षेत्रको पहिचान गरी विकास गरिनेछ । आन्तरिम पर्यटन प्रर्वद्धन पनि गरिने छ । हिमाल क्षेत्रमा केबलकार प्राथमिकता दिइनेछ । पर्यटन क्षेत्रको विकासका लागि २ अर्ब ६८ करोड बजेट बिनियोजन भएको छ ।

प्रतिक्रिया

Loading...