visit-nepal

बजेट : एकल महिला भत्ता पनि मासिक एक हजारले वृद्धि

विराटनगर,

आगामी आर्थिक वर्ष २०७६/७७को बजेट भाषण भइरहेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६/२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट)प्रस्तुत गरिरहेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले एकल महिला भत्ता पनि मासिक एक हजार वृद्धि भएको जनाएका छन् । प्रत्येक स्थानीय तहमा जेष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन गर्ने  योजना बनाइएको छ ।

संघिय सरकारले शिक्षा क्षेत्रको विकासकालागि एक खर्ब ६३ अर्ब ७७ करोड बजेट विनियोजन भएको छ । आगामी आर्थिक बर्षकालागि बजेट विनियोजन गरेको हो ।  स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा ६८ अर्ब ७८ करोड विनियोजन गरिएको छ । खानेपानी तथा सरसफाइकालागि  ४३ अरब ४६ करोड बजेट । प्रधानमत्री रोजगार कार्यक्रमकालागि ५ अर्ब बजेट ।

प्रतिक्रिया

Loading...