visit-nepal

बजेट : वृद्धभत्ता बढ्यो, अब ३ हजार पाइने

विराटनगर,

आगामी आर्थिक वर्ष २०७६/७७को बजेट भाषण भइरहेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६/२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट)प्रस्तुत गरिरहेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले वृद्धभत्ता बढेको जनाएका छन् । उनले वृद्धाभत्ता २ हजारबाट बढाएर ३ हजार बनाइएको बताएका छन्।  उनका अनुसार अब सामाजिक सुरक्षा भत्ता ३ हजार भएको छ।  ७० वर्ष पुगेका ज्येष्ठ नारिकको सम्मानकालागि सरकारले २ हजारबाट बढाएर भत्ता ३ हजार बनाएको हो  । साउनदेखि ज्येष्ठ नागरिकले मासिक ३ हजार भत्ता पाउनेछन् । भत्ता बढेपछि १३ लाख  ज्येष्ठ नागरिक लाभान्वित हुने छन् ।

एकल महिला भत्ता पनि मासिक एक हजार वृद्धि भएको छ । प्रत्येक स्थानीय तहमा जेष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन गर्ने योजना बनाइएको छ ।
सामाजिक सुरक्षाकालागि ६८ अर्ब ५० करोड बजेट विनियोन भएको छ ।

प्रतिक्रिया

Loading...