प्रकाश सपूतले ल्याए ‘बोलमाया’को प्रिक्वेल ‘गलबन्दी’ (भिडियोसहित)

विराटनगर,
गायक प्रकाश सपूतले आफ्नो नयाँ गीत ‘गलबन्दी’ सार्वजनिक गरेका छन् । उनले शनिवार राति आफ्नै औपचारिक युट्युब च्यानलमार्फत उक्त गीतलाई सार्वजनिक गरेका हुन् । सार्वजनिक भएको ‘गलबन्दी’ लाई प्रकाशले ‘बोलमाया’को प्रिक्वेल भएको बताएका छन् ।

रोधीमा आधारित रहेर ‘गलबन्दी’ले लोक कथालाई दर्शाएको छ । प्रकाशको आफ्नै निर्देशन, गीत शब्द, लय र संगीतमा गायिका शान्तिश्री परियारले उनलाई गायनमा साथ दिएकी छिन् । रत्यौली शैलीमा रहेको यस गीतमा खर्क बुढा मगरले मादल बजाएको सुन्न सकिन्छ ।

सार्वजनिक गरिएको यस भिडियोमा बोलमायाकी मोडल अञ्जली अधिकारी र प्रकाश सपूतको अभिनय देख्न सकिन्छ । बोल मायामा गर्भवती भएकी अञ्जलीले ‘गलबन्दी’मा बच्चा जन्माएर उसलाई स्कुल जाने लाएकको बनाईसकेकी छिन् ।

तर, अन्त्यमा उनको छोरालाई गाउँलेले लखेट्छन् । श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोलाई करन चैसिरले खिचेका हुन् । प्रकाशले अञ्जलिको छोरालाई किन गाउँलेले लखेटेको ‘बोलमाया – २’ निर्माण गरेर त्यसको कथामा देखाउने बताएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

Loading...