fbpx

सुशिलाको ढाडमा नाङ्लो जत्रै ट्युमर, उपचार गर्न खर्च अभाव

विराटनगर ।

मोरङको सुनबर्सी नगरपालिका– ३ की सुशिला मुर्मु उमेरले २७ वर्ष पुगिन । उर्जाशिल उमेरमा दुई वर्षयता उनलाई हिडडुल गर्न समस्या छ । कारणः ढाडमा सानो नाङ्लो जत्रै ट्यूमर पलाएको छ ।

 

अति विपन्न परिवारकी सुशिला खर्च अभावका कारण ट्युमर पालेर बस्न बाध्य छिन् । दुईवर्षयता उनी थलिएपछि श्रीमान रञ्जित मुर्मुले जसोतसो मजदुरी गरेर दैनिकी गुजारीरहेका छन् । दैनिक कमाएको पैसाले परिवार पाल्ने नपुग्ने अवस्था भएका उनी श्रीमतीको उपचारकालागि खर्च जुटाउन नसकेको बताउछन् । मुर्मुको परिवारमा विहान काम नगरे साझ चुल्हो नबल्ने अवस्था छ ।

श्रीमतीको ढाडमा पलाएको ट्युमर फ्याल्ने सल्यक्रियाकालागि सहयोगी हात खोजीरहेका छन् । ‘म घर छेउको काँटामा भारी भोक्ने काम गर्छु ।’ उनी भन्छन ‘ काममा नगएको दिन खानै समस्या छ सुशिलाको उपचार गर्ने पैसा छैन् ।’

१३ वर्ष अघि विवाह गरेका रन्जित र शुशिलाका १२ वर्षिय छोरा छन् । श्रीमती विरामी परेका कारण छोराको अध्यापनमा पनि असर परेको छ ।

दुईवर्षअघि डाढामा पलाएको सानो ट्युमर बढ्दै गएपछि गत भदौमा कोशी अञ्चल अस्पताल विराटनगरमा अप्रेशन गरेका थिए । अप्रेशन गर्दा सुशिलाको पेटमा रहेका बच्चा खेर गयो तर ट्युमर फेरी पलाएर ठूलो बन्यो स्वास्थ्यमा सुधार नआएपछि निजी अस्पतालमा पनि देखाए तर उपचार महंगो हुने भएकाले घर फर्कीए । दुई वर्षयता रोग पालेर बसिरहेकी सुशिलालाई हिडडुल गर्न नै समस्या छ ।

चिकित्सकले ढाडमा पलाएको ट्युमर फाल्दा सुशिला सामान्य अवस्थामा फर्कन सक्ने बताएका छन् । तर महंगो उपचार पद्धतिका कारण चेकजाँच पनि राम्रोसँग गराउन पाएका छैनन् । केही सहयोगी हातजुटेपछि उनी सोमबार काठमाडौं तर्फ गएका छन् । तर खर्च नभएका कारण उपचार नभइ फर्कनुपर्ने होकी भन्ने तनावमा छन् ।

प्रतिक्रिया

Loading...