fbpx

कर्मचारीबाट परिणाम आएन : मन्त्री पण्डित

काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अहिलेपनि कर्मचारीबाट परिणाम चित्तबुझ्दो आउन नसकेको बताएका छन् । उनले राष्ट्रसेवक कर्मचारीहरुले गेटमा बसेर कर्मचारीहरुले ‘मुख हेरिदिनुस् है’ भन्ने गरेको बताएका छन् ।

मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि संशोधन दर्ता गरेका संसोधनकर्ता सांसदहरुसंग छलफलमा उनले भने ‘स्थायी राष्ट्रसेवक कर्मचारीबाट रिजल्ट आएको छैन् । यही कारणपनि करार र खुलालाई प्राथमिकता दिनु पर्ने भएको छ ।’

संशोधनकर्ताहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री पण्डितले कर्मचारीहरुले अझै भनसुन गराउने गरेको भन्दै करारलाई प्राथमिकता दिनु पर्ने अबस्था आएको बताए । मन्त्री पण्डितले काममा रिजल्ट नआएपनि कर्मचारीहरुले गेट नै रुगेर ‘हाम्रो मुख हेरिदिनुहोस्’ भन्ने गरेको समेत आरोप लगाए ।
छलफलमा सहभागी सांसदहरुले उच्च तहमा पनि करारमा कर्मचारी नियुक्त गर्नु पर्ने र केहलिे करारमा राख्नै नहुने प्रस्तुत गरे । जवाफमा मन्त्री पण्डितले कर्मचारी नियुक्तिका लागि करार र लोकसेवा आयोग दुबैबाट जानुपर्ने धारणा राखे ।

हालको कर्मचारीतन्त्रबाट अपेक्षित परिणाम आउन नसकेको उनको भनाइ थियो । उनले अहिलेकै कर्मचारीतन्त्रबाट कसरी परिणाममुखी सेवा बनाउने भन्नेमा चिन्ता रहेको बताए । अपेक्षित परिणाम निकाल्न पनि करार र स्थायी दुबैमाध्यमबाट अगाडि जानुपर्ने उनको धारणा छ ।

मन्त्री पण्डितले समायोजनमा गएका कर्मचारीहरुको वृत्ति विकासमा सरकार गम्भिर रहेको बताउदै सरकारले अन्तरप्रदेश र अन्तरसेवामा प्रतिस्पर्धा गर्न पाउने ब्यबस्था गरिएको जानकारी दिए ।

विधेयकमा संघीय निजामती सेवाका स्थायी कर्मचारी, प्रदेश निजामती वा स्थानीय सेवामा समायोजन भएका कर्मचारी तथा ऐन प्रारम्भ भएपछि प्रदेश निजामती सेवा वा स्थानीय सेवामा स्थायी नियक्ति भएका कर्मचारी ५० वर्ष उमेर पूरा नभएसम्म खुला प्रतियोगितामा उम्मेदवार हुन सक्ने उल्लेख छ । यसअघि खुला प्रतिस्पर्धामा उमेरको हदबन्दी थिएन ।

प्रतिक्रिया

Loading...