fbpx

प्रदेश नम्बर एकमा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता हुँदै

विराटनगर,

एक नम्बर प्रदेश सरकारले विभिन्न ११ वटा खेलकुद समावेश गरेर प्रादेशिक खेलकुद प्रतियोगिता गर्दैछ । एक नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले १५ देखि २१ जेठसम्म विभिन्न ११ वटा खेलकुद समावेश गरि विभिन्न जिल्लामा खेलकुद प्रतियोगिता गर्न लागेको हो ।

सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद महाशाखा प्रमुख राजेन्द्र बुढाथोकीका अनुसार प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा २ हजार ३ सय ८८ जना खेलाडीहरूले प्रत्यक्ष रूपमा भाग लिनेछन् । मन्त्रालयले ११ वटा खेलकुद प्रतियोगिताको गर्न २ करोड ७४ हजार रुपैयाँ बजेट पूर्वाञ्चल क्षेत्रीय खेलकुद समितिलाई निकाशा दिएको छ ।

कुन खेल कहाँ–कहाँ र कहिले हुँदैछ ?

मन्त्रालयका अनुसार १५ देखि १८ जेठसम्म महिला कवड्डी प्रतियोगिता संखुवासभाको खाँदवारीमा र २१ देखि २४ जेठसम्म पुरुष कवड्डी झापाको काँकडभिट्टामा हुनेछ । सुनसरीको इनरुवामा २७ देखि ३१ जेठसम्म क्रिकेट १८ देखि २८ जेठसम्म खोलखुम्बुको सल्लेरीमा व्याटमिन्टन, १७ देखि १९ जेठसम्म उदयपुरको गाइघाटमा टेवुलटेनिस काँकढभिट्टामा २१ देखि २३ जेठसम्म तेक्वान्दो १८ देखि २० जेठसम्म सुनसरीको इटहरीमा एथ्लेटिक्स १६ र १७ जेठमा विराटनगरको जतुवामा कुस्ती २७ देखि २९ सम्म इलाममा उसु खेल प्रतियोगिता हुनेछ । यसैगरी १५ देखि १७ जेठसम्म विराटनगरमा कराँते र मोरङको बुढीगगांमा डोरी तान प्रतियोगिता हुनेछ ।

राष्ट्रिय बहिरा क्रिकेट विराटनगरमा

राष्ट्रियस्तरको बहिरा क्रिकेट प्रतियोगिता जेष्ठ १५ देखि १९ गतेसम्म विराटनगरमा हुनेछ । उक्त प्रतियोगितामा देशभरिका आठवटा बहिरा टिमको सहभागि रहनेछन् । बहिरा क्रिक्रेट गराउनका लागि सामाजिक विकास मन्त्रालयले २७ लाख ५४ हजार बजेट निकाशा दिएको छ ।

प्रतिक्रिया

eight − five =

Loading...