fbpx

‘द भ्वाइस अफ नेपाल’का विजेता सिडी विजयको ‘थरी थरी माया’ सार्वजनिक (भिडियोसहित)

विराटनगर,
‘द भ्वाइस अफ नेपाल’का विजेता गायक सिडी विजय अधिकरीले आफ्नो पहिलो आधुनिक गीत ‘थरी थरी माया’ सार्वजनिक गरेका छन् । उक्त गीतको भिडियोलाई युटुुबमार्फत सार्वजनिक गरिएको हो ।

घनश्याम श्रेष्ठको शब्दमा आधुनिक प्रेमलाई दर्शाउन खोजेको यस गीतलाई सिडी विजयले गाएका हुन् । सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियोमा मोडल अनील अधिकारी, मेलिषा खतिवडा र पुरुषोत्तम भारतीको प्रस्तुति देख्न सकिन्छ ।

यस भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । विकाश धमलाको सम्पादन रहेको यस गीतको भिडियोलाई सरोज अधिकारीले छायांकन गरेका छन् । यसअघि पनि सिडी विजयका धेरै गीतहरु सार्वजनिक भएका थिए ।

तर, उनको यो पहिलो आधुनिक गीत भएका कारण आफ्ना सबै गीतहरुमध्ये गायक सिडी विजय अधिकरिले यस गीतबाट अलि धेरै बढी आशा राखेको बताएका छन् ।

प्रतिक्रिया

Loading...