विकासकालागि निजी क्षेत्रको संरक्षण आवश्यक

विराटनगर । पूर्व प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको विकास र समृद्धीकालागि निजी क्षेत्रलाई राज्यले सँगसँगै लिएर हिड्नुपर्ने बताएका छन् । मोरङ व्यपार संघको ६३ औं साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

प्रचण्डले राजनीतिक परिस्थिती फेरिएका बेला निजी क्षेत्रसँग सहकार्य गरेर राज्य अघि बढ्नु पर्ने बताए । उद्योगीको पिडाको सम्बोधन गरी लगानीमैत्री वतावरणको सृजना नभए मुलुकमा विदेशी लगानी आकर्षण हुन नसक्ने बताए ।

नीजि क्षेत्रको पुँजीको सुरक्षा र व्यवसायको सुरक्षा लिएर उत्पादन वृद्धी ,आयात प्रतिकुल निर्यात बढाउने काम राज्यको भएको बताए । राज्यको गलत नीतिले गर्दा नीजि क्षेत्रले कर छल्ने गरेको बताउँदै उनले भने –‘ नीजि क्षेत्रसँग सहकार्य गरेर सोचमा परिवर्तन गर्नु पर्छ ।’ नीजि क्षेत्रको पुँजी र नाफा दुवैको सुरक्षा राज्यले गर्नु पर्ने उनको भनाई थियो ।

उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले नीजि क्षेत्रको समस्या छलफलबाट समाधान गर्न सरकार तयार रहेको बताए । उनले नीजिको समस्यालाई कुनै पक्षको नभई राष्ट्रिय समास्याको रुपमा लिएर समाधान गर्ने बताए ।

Loading...