fbpx

काठमाडौंका सात स्थानमा बम ! ३ पड्किए, ४ निष्कृय

बम राखेको आशंकामा उपत्यकाका विभिन्न स्थानबाट ९ जना पक्राउ

काठमाडौं ।

आइतबार काठमाडौँ उपत्यकाका ७ स्थानमा राखिएको बम मध्ये तीन स्थानमा भने पड्किएको छ । ४ स्थानमा भेटिएको बम भने सुरक्षा निकायले डिस्पोज गरेको छ ।

आइतबार दिउँसोदेखि उपत्यकाका ७ स्थानमा बम राखिएकोमा ३ स्थानमा श्रृंखलाबद्ध विस्फोट भएको थियो। कोटेश्वर, सातदोबाटो, ग्वार्को र लगनखेल शंकास्पद बम भेटिएको छ। यी चारै स्थानमा नेपाली सेनाको टोलीले बम निस्क्रिय गरेको छ।

दिउँसो लगभग एकै समय सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा परी ४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । ६ जना गम्भीर घाइते भएका छन्।

बम विस्फोटमा घाइते भएकाहरुलाई वीर र टिचिङ अस्तापल पुर्‍याइएको छ । उनीहरुमध्ये ट्रमा सेन्टरमा पुर्‍याइएका दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।

ट्रमामा पुर्‍याइएका घाइतेहरुमा मोहत्तरी रामनगर १ का ५६ वर्षीय छोटु ठाकुर र सानीभेरी रुकुमका २६ वर्षीय रविन केसी रहेको प्रहरीले जनाएको छ । केसी चन्द समूहका विद्यार्थी नेता भएको प्रहरीले जनाएको छ ।  ठाकुर सुकेधारामा र केसी अनामनगर घटनामा घाइते भएका हुन्।

सुकेधारा विस्फोटका ४ जना घाइतेको ओम अस्पतालमा उपचार भइरहेको महाराजगन्ज वृत्तका डिएसपी फणिन्द्र प्रसाईंले बताए । उनीहरु मध्ये हरि खड्का र सुरेन्द्र महर्जनको परिचय खुलेपनि अरु दुई जनाको परिचय खुल्न सकेको छैन् ।

नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले भोलिको बन्दलाई लक्षित गर्दै बम बनाउने क्रममा विस्फोट भएको हो। आइतबार साँझै नागढुंगामा भएको बम विस्फोटमा परी २ जना घाइते भएका छन्।

बम विष्फोटनमा संलग्न रहेको आशंकामा आदिनारायण इटाभट्टा नजिकैबाट बा २८ प ८१४५ मोटरसाइकलमा सवार २ जना पक्राउसमेत परेका छन्। यस्तै बम विष्फोटन तथा भेटिने श्रृखला नै चलेपछि प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट ९ जना शंकास्पद व्यक्तिलाई पक्राउ समेत गरेको छ।

प्रतिक्रिया

Loading...