fbpx

दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफमा नोबेल बिजयी

विराटनगर ।

दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगितामा विराटनगर स्थित नोबेल मेडिकल कलेज बिजयी भएको छ । वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आयोजित प्रतियोगितामा नोबेलको टिम बिजयी बनेको हो ।

प्रतियोगितामा नोबेलका कौशल सिग्देल, सुनिल ढुंगाना र सागर न्यौपाने सहभागि थिए । बिजयी भएसँगै उनीहरुले ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै प्रतियोगितामा वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान दोस्रो र काठमाण्डौ यूनिभर्सिटी स्कुल अफ मेडिकल साईन्सेस धुलिखेलको टिम तृतिय बनेको आयोजक स्टुडेन्ट वेलफेर सोसाईटीले जनाएको छ ।

दुई दिनसम्म भएको प्रतियोगितामा टिचिङ अस्पताल, नेपाल आर्मी, मनिपाल, विराट लगायत देशभरका १० मेडिकल कलेजका १५ टिम सहभागि थिए ।

प्रतिक्रिया

Loading...