fbpx

अब विदेशको कुन कम्पनीबाट कस्तो पदमा माग आयो भन्ने कुरा अनलाइनमै हेर्न मिल्ने

काठमाडौं,
अब विदेशको कुन कम्पनीबाट कस्तो पदमा माग आयो भन्ने कुरा अनलाइनमै हेर्न मिल्ने भएको छ ।

वैदेशिक रोजगार विभागले कामदारको मागबारे अनलाइनबाटै जानकारी लिन सक्ने प्रविधिको विकास गरेपछि अब वैदेशिक रोजगारीमा जाने कामदारहरुले मागहरूबारे जान्न म्यानपावरमा चाहार्नु पर्ने बाध्यताको अन्त्य भएको हो ।

अब भने कुन देशका कुन कम्पनीका कस्तो पदका माग आएका छन् भन्ने कुरा अनलाईनबाटै हेर्न सकिने भएको विभागमा महानिर्देशक भीष्मकुमार भुसाले जानकारी दिएका छन् । त्यसका लागि भने विभागको अनलाइन https://foreignjob=dofe=gov=np/ मा हेर्न सकिने छ ।

भुसालले अब वैदेशिक रोजगारमा जान चाहनेको लागि काम र सीपको आधारमा वा देशको आधारमा वा पठाउने कम्पनीको आधारमा वा जागिर दिने कम्पनीको नाम राखेर अनलाइनमा हेर्ने वित्तिकै सत्यतथ्य के हो आइहाल्ने बताए ।

प्रतिक्रिया

Loading...