fbpx

भारतीय पक्षले कोशीको धार परिवर्तन गरिदिदाँ सिंगो गाँउ नै सम्पर्क विहिन

सप्तरी ।

कोशी नदीको बहाव पश्चिमी तटबन्धतर्फ फर्काउने क्रममा भारतीय पक्षले कोसी नदीमा वनाएको प्यालट च्यानलमा शुक्रवार अबेर साँझ समन्वय नगरि पानी छोड्दा ३०० जना सम्पर्क विहिन भएका छन् । एक्कासी पानी छोडदा नेपाल तर्फका झण्डै ९० परिवारका करिब ३ सय सर्वसाधारण पछिल्लो २४ घण्टा देखि सम्पर्कविहीन भएका हुन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ गोबरगाढाका ९० परिवार पछिल्लो २४ घण्टादेखि सम्पर्कविहीन रहेको नगरपालिकाका मेयर शैलेशकुमार साहले बताए ।

वस्तीको पश्चिम तर्फवाट करिब १७ किलोमिटर लामो प्यालट च्यानलमा पानी छोडदा स्थानिय स्तरमा पूर्व जानकारी नगराएपछि उनीहरु सम्पर्क विहिन भएको उनको भनाई छ । शुक्रवार साँझ भारतीय पक्षले एक्कासी पानी छोडेपछि यस्तो अवस्था आएको साहले बताए ।

आपत्कालीन वचावका लागि राखिएको नगरपालिकाको २ थान डुंगासहित झण्डै आधा दर्जन डुंगाहरु समेत नदीले वगाएर छ । स्थानीयहरुका अनुसार गाउँलेहरुले संकलन गरेर राखेको काठ दाउरा, घर वनाउन प्रयोग गरिने खडही सहित केही पशु चौपाया समेत नदीले बगाएको छ ।

अझै त्यस क्षेत्रमा भएको यकिन आधिकारी तथ्यांक भने नआइसकेको मेयर साहले जानकारी दिए ।  एक्कासी नदीको वहावले सिंगो वस्तीनै घेरीए पछि त्यहाँसम्म पुग्न वा त्यहाँ फसेकाहरुलाई उद्धार गर्न नसकिएको उनले बताए । तर अवस्था यस्तै रहि रहे भयावह हुन सक्ने उनको भनाई छ ।

प्रतिक्रिया

Loading...