fbpx

भ्रष्टचारमा संलग्न कर्णेल बर्खास्त

काठमाण्डौं ।

नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) केशवराज कार्की भ्रष्टचारको आरोपमा पदबाट बर्खास्त भएका छन् ।  गण र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको रकममा अनियमितता गरेको ठहर गर्दै कार्कीलाई समरी जनरल सैनिक अदालतले भविष्यमा अयोग्य नठहरिने गरी तीन महिनाको कैद र बिगोसहितको फैसला गरिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

बरखास्तमा परेका प्रमुख सेनानी कार्की कालिसिद्धी गण उदयपुरका प्रमुख हुन्। कार्कीले राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम र गणको गरी कूल ४९ लाख २९ हजार ८ सय ८९ रुपैयाँ हिनामिना गरेको अदालतको ठहर छ।

सहायक रथी हिमांशु खड्काको अध्यक्षतामा रहेको अदालतले प्रमुख सेनानी कार्कीविरुद्ध यस्तो आदेश जारी गरेको हो । कार्की ३५ दिन भित्र पुनरावेदन अदालतमा जान सक्नेछन्।

प्रतिक्रिया

Loading...