fbpx

तीस वर्ष कटेका महिलामा देखिन सक्छ यस्ता ५ स्वास्थ्य समास्या , रोगबाट बच्न गरौँ नियमित परिक्षण

विराटनगर ।

ढल्किदो उमेर सुरु भएपछि मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छ । महिला तथा पुरुषहरुमा फरक फरक समस्या देखिने हुन्छ । यदी तपाई महिला हो र तीस वर्ष कट्नु भएको छ भने स्वास्थ्यप्रति गम्भिर बन्ने बेला आएको छ ।

व्यस्त दिनचर्या, उमेरअनुसार शरीरमा हुने हर्मोन परिवर्तनका कारण महिलाको शरीरमा पुरुषको तुलनामा धेरै रोग लाग्न सक्छ । पुरुषभन्दा महिलामा हर्मोन बढी मात्रामा गडबड हुने भएकाले पुरुषलाई भन्दा बढी महिलाहरुमा रोग लाग्छ । तीस वर्ष पुगे नपुगेपनि महिलाले आफ्नो स्वास्थ्यप्रति सचेत हुनु आवश्यक छ।

तर ३० वर्ष उमेर पार गरेका महिलाले तालिका बनाएर स्वास्थ्य जाँच गराउनुपर्ने विज्ञहरुको सल्लाह छ । धेरै मात्रामा महिलाहरुलाई देखिने रोगहरुमा पाठेघरको मुखको क्यान्सर,स्तन क्यान्सर, हड्डी खिइने,थाइराइड रहेको छ । यस्ता रोग लागिसकेपछि नियन्त्रण गर्न र उपचार गर्नु परे महंगो हुन्छ । यिनै रोगको कारण महिलाहरुको मृत्यु समेत हुने गरेको छ ।

समय समयमा यस्ता रोगका विषयमा जानकारी लिन हामीले स्वास्थ्य परिक्षण गराइरहनु पर्छ । जसले गर्दा हाम्रो शरीरको अबस्था बारे थाहा पाउन सक्छौ । विशेषगरि ३० वर्ष कटेका महिलाहरुले ५ वटा परिक्षण गराउन आवश्यक रहेको विज्ञहरुको भनाई छ ।

स्तन क्यान्सर तथा ट्युमर परीक्षणका लागि सरल र सहज प्रविधि मेमोग्राम सस्तो समेत छ । यो विधिबाट स्तनको एक्सरे लिइन्छ। महिलामा ४० वर्ष उमेर कटिसकेपछि स्तन क्यान्सरको खतरा बढ्ने भएकाले मेमोग्राम गराउनुपर्ने विज्ञहरु बताउछन् ।

यस्तै पाठेघरको क्यान्सर पत्ता लगाउने विधिका रुपमा रहेको प्याम स्मेयर परिक्षण पनि गर्न आवश्यक छ । प्याप स्मेयर एक साधारण परीक्षण हो। प्याप स्मेयर टेष्टमा महिलाको यौनअंगबाट केही कोशिका निकालेर परीक्षण गरिन्छ ।

एचपीवी भाइरस परिक्षण ह्युमन पेपिलोमा भाइरस (एचपीवी) खतरनाक र तीब्र रुपमा फैलने भाइरस हो। कतिपय स्थितिमा यो भाइरसबाट लाग्ने रोगको लक्षण पनि थाहा हुँदैन। प्रायजसो यौन सम्पर्कपछि यो भाइरस फैलने संभावना हुन्छ ।

थाइराइड परिक्षण अनावश्यक तौल बढ्ने बित्तिकै शरीरमा हर्मोनको असन्तुलन हुन्छ। एक अध्ययनअनुसार पुरुषभन्दा महिलामा थाइराइडको समस्या दश गुणा बढी हुने हुदाँ यसको परिक्षण पनि यदी शरीरमा मोटोपना बढ्न थालेको छ भने गराउनु नै उत्तम हुन्छ । थाइराइड हर्मोन मानव शरीरका लागि आवश्यक भएपनि यसको मात्रामा गडबड भएमा यसले रोगको रुप लिनेगर्छ।

बोन डेन्सिटी परिक्षण उमेरअनुसार हड्डीजन्य समस्या आए नआएको थाहा पाउन, यो परिक्षण गर्नु पर्छ जसले गर्दा शरीरमा हड्डीको अवस्थाबारे थाहा पाएर सावधानी अपनाउन सकिन्छ ।  गलत खानपानले २० वर्ष उमेर नपुग्दै महिलामा हड्डीको समस्या देखिने गरेको छ।

प्रतिक्रिया

Loading...