मन्त्रीले उद‌्घाटन गरेको खेलकुद प्रतियोगितामा कुटाकुट

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरेको  खेलकुद प्रतियोगितामा दुई समुह बीच कुटाकुट भएको छ । शुक्रवार घिमिरेले उद्घाटन प्रदेश स्तरीय उपराष्टपति  चिल्डेन गेम्समा दुई समूह बीच कुटाकुट भएकाे हाे ।

१४ वर्ष मुनिकाे तेक्वान्दो  प्रतियोगिता सञ्चालनकालागि  रेफ्री राख्ने विषयमा राष्ट्रिय तेक्वान्दो  संघ र नेपाल तेक्वान्दो  संघका सदस्य बिच कुटाकुट भएको हो । कुटाकुट पछि राष्ट्रिय  तेक्वान्दो संघले खेल छाडेर हिडेको छ  । नेपालमा राष्ट्रिय र नेपाल तेेेेक्वान्दो  नाम गरेका दुई वटा उस्तै संघ छन् । दुुईवटा संंघ बैैैधानिक हुन ।

१ नम्बर  प्रदेश खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा नेपाल तेेेक्वान्दो संघले रेफ्री राख्ने विषयमा एकलौटी गरेपछि राष्ट्रीय तेेेक्वान्दो  संघले प्रतियोगिता राेक्न खाेजेकाे थियाे ।  रेेफ्री सहभागिताकाेे विषयमा भएको विवाद बढेेेेपछि हात हालाहालकाेे अवस्थामा  पुुुगेको थियोे ।

राष्ट्रिय तेेेेक्वान्दो  संघका मोरङ संयोजक पितम्बर पौडेल संघले आफ्ना रेफ्रीहरुमाथि हातपात गरेको बताउछन् । प्रदेश खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा नेपालबाट ७ र राष्ट्रिय संघ तीन जना रेफ्री राख्ने सहमति भएको थियो ।

राष्ट्रियका रेफ्रीलाई गेम खेलाउन दिने सहमति भएपनि प्रतियोगितामा घण्टी बजाउने काम दिएपछि विरोध भएको पौडेल बताए । सोही क्रममा नेपाल तेेेक्वान्दो संघका सदस्यहरुले हातपात गरेको आराेेप लगाए ।

प्रदेश खेलकुद विकास समितिले नारायण बुढाथोकीलाई प्रतियोगिता गराउने जिम्मेवारी दिएको थियो । बुढाथोकी नेेेपाल तेेेक्वान्दो संंघ आवद्द छन । बुुुढाथोकीले  मनोमानी गरेको बिहिस्कार गरेको समुहको दाबी छ । तर बुढाथोकी भने आफूले नियम अनुसार खेल खेलाएको बताउँछन ।

यता प्रदेश खेलकुद विकास समिति अध्यक्ष रबिन नगरकोटी प्रतियोगितामा रेफ्री राख्ने विषयमा सामान्य विवाद भएको बताए । तर कुटाकुट नभएको उनको भनाई छ । १४ वर्ष मुनीको खेलकुद शुक्रवार नै सकिएको थियाेे ।

Loading...