fbpx

आर्यनको ‘च च हुई’को छायांकन हङकङमा हुदै

विराटनगर ।

चलचित्र ‘च च हुई’को छायांकन हङकङमा भइरहेको छ । कमेडी जनरमा निर्माण भएको फिल्मको स्टोरीले मागेअनुसार नै उक्त फिल्मको को छायाँकन हङकङमा भएको हो । हङकङको नर्थ पोइन्ट , जोर्डन , गार्डेन हिल लगायतका रमणीय स्थानमा फिल्मको छायाँकन हुने भएको छ ।

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा रहेर अमृत घोले लामाले यस फिल्मको निर्माण गरेका हुन् । सुशन प्रजापतिको छायांकनमा तयार हुदै गरेको यस फिल्मलाई साम्तेन भुटियाले निर्देशन गरिरहेका छन् । फिल्ममा आर्यन सिग्देलको मुख्य भूमिका रहेको छ ।

फिल्ममा आर्यनका साथ माओत्से गुरुङ, भोलाराज सापकोटा, पुस्कर गुरुङ, मिरुना मगर, बबिता मल्ल लगायत कलाकारहरुको अभिनय रहेको छ । सिजन दाहाल र सन्देश अर्यालको कथामा निर्माण भएको यस फिल्मको गीतमा राजनराज सिवाकोटी र रोशन थापाले संगीत भरेका छन् ।

नेपालको हिमाली भेगमा शुटिङ सकिएपछी फिल्मको बाकी छायाँकनको लागि नायक आर्यन सिग्देल , माओत्से गुरुङ र भोला राज सापकोटासँगै छायाँकार सुशन प्रजापति , निर्देशक साम्तेन भुटिया , निर्माता अमृत घोले लामा अहिले हङकङमा छन् ।

धेरै फिल्म निर्देशन गरिसकेका साम्तेनलाई एकै प्रकारको फिल्म निर्देशन गरिरहेको आरोप लाग्दै आए पछि उनले यसपटक भिन्न तरिकाले फिल्मको निर्देशन गरिरहेका बताएका छन् ।

प्रतिक्रिया

Loading...