fbpx

विपिन कार्कीले ‘भुत्रो सुन्ने’ भनेपछि रोकिएन वर्षा राउतको हाँसो, हेर्नुहोस् भिडियो

विराटनगर,
जथा भावी नसोध्नुसो त ! यहाँ पत्रकार सम्मेलन गर्न आका मान्छे… के जथाभावी सोध्नुहुन्छ । के जथाभावी बोल्दिनु पर्यो तपाईंलाई तातो न छारो ।

पछाडीबाट ‘सुन’ ‘सुन’ भन्दै दुई पटक आवाज आउँछ । फेरि चर्चित कलाकार विपिन कार्कीले भन्छन्, ‘भुत्राको सुन्ने ?’

छेउमा रहेका कलाकारहरु मज्जाले खोलेर हास्छन् । छेउमै बसेकी वर्षा राउत विपिनको हात समातेर हाँस्छिन् । कलाकार रवीन्द्रसिंह बाँनियापनि हासिरहे ।

हाँसो नरोकिदै कार्कीले फेरि भने ‘सरी है सरी…. रमाइलोका लागि मात्र गर्दिएको’

माथि व्याख्या गरिएको शब्द  चलचित्र ‘जात्रै जात्रा’को युनिटले विराटनगरमा गरेको पत्रकार सम्मेलनको  हो । चलचित्र ‘जात्रै जात्रा’को सफलतापछि फिल्म युनिट देश दौडाहमा छ ।

‘जात्रा’ फिल्मको सिक्वेलको सफलतापछि देश दौडाहमा निस्किएको युनिटले विराटनगरको सेन्ट्रल मलमा पत्रकार सम्मेलनपछि सञ्चारकर्मीले फिल्मको डाइलग भन्न आग्रह गरेपछि विपिनले रमाइलोका लागि डाइलग भनेका  थिए ।

‘जात्रा’को सिक्वेल आउँदैन्

फिल्म युनिटले जात्राको सिक्वेल अब नल्याउने बताएको छ । जात्रा प्रदर्शनमा आएको तीन वर्षपछि जात्रै जात्रा ल्याएको युनिटले जात्राकै सिक्वेल भने नल्याउने बताएको हो । तर, जात्रा जस्तै रमाइलो फिल्म भने ल्याउने निर्देशक प्रदीप भट्टराईले बताए ।

सिक्वेल लेख्न गाह्रो हुने बताउँदै उनले पैसाकै लोभ गरेर अर्काे सिक्वेल नल्याउने बताएका हुन् । जात्राको सिक्वेल आउने विषयमा सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘जात्राको सिक्वेल यहाँ भन्दामाथि जाँदैन् । जात्रा जस्तै मनोरञ्जन मुलक अरु मिल्म आउछ तर जात्राको सिरिजलाई नबढाउने निर्णय गरेका छौ ।’ फिल्मलाई दर्शकले रुचाएका कारण राम्रो कलेक्सन भएको उनको भनाइ छ ।

प्रतिक्रिया

Loading...