fbpx

ब्रेकअपपछि पनि आमेश र नीता एकसाथ

विराटनगर,
‘बैमानी बैमानी’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो बिहीवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियोमा पूर्वप्रेमी अभिनेता आमेश भण्डारी र अभिनेत्री नीता ढुंगानाको अभिनय रहेको छ ।

जीतु श्रेष्ठ र अनु अधिकारीको स्वर रहेको यस गीतलाई योगेन ढोलीले शब्द दिएका छन् । मिलन सुर्खेतीले संगीत भरेको यस गीतलाई बिदुर सिवाकोटीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । रोशन दाहालको छायांकन तथा सम्पादनमा बनेको यस भिडियोलाई दर्शकहरुले निकै मन पराएका छन् ।

यसअघि आमेश र नीताले दुई चलचित्रमा सँगै काम गरेका थिए । लामो समयको गहिरो प्रेममा रहेका यी दुईले ब्रेकअपपछि पहिलो पटक म्यूजिक भिडियोमा संगै काम गरेका छन् । यी दुईले ब्रेकअपपछि साथमा मिडियामा थुप्रै अन्तर्वार्ता पनि दिएका छन् ।

गायक समेत रहेका आमेशले आफ्ना गीतहरुमा मात्र अभिनय गर्दै आएका छन् तर, उनले पहिलो पटक अरुको भिडियोमा अभिनय गरेका हुन् । यो भिडियो सार्वजनिक भएसँगै फेरी पनि एकपटक उनीहरु बीचमा प्रेम रहेको चर्चा चल्न थालेका छ ।

https://youtu.be/Obm8kw6DuPg

प्रतिक्रिया

Loading...