fbpx

मोदीले हटाए नामबाट चौकीदार

विराटनगर ।

पुर्ण रुपमा मत परिणाम सार्वजनिक नहुदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटर एकाउण्टमा चौकीदार सब्द हटाएकाछन् । निर्वाचनलाई लक्षित गर्दै नामको अगाडी चौकीदार सब्द थपेका मोदीले मत गणना सुरु हुनसाथ चौकीदार सब्द हटाएका हुन् ।

लोक सभा निर्वाचन २०१९ मा प्रधानमन्त्री मोदीको पार्टी भाजपा नेतृत्वको एनडिए गठबन्धनलाई भारी बहुमत आएको छ । प्रचारबाजीमा सामाजिक सञ्जालको राम्रो उपयोग गर्न जानेका मोदीले आफुलाई देशको चौकीदार भन्दै ट्विटर हेण्डलमा समेत चौकीदार सब्द थपेका थिए ।

पछि भारतीय कांग्रेस पार्टीले चौकीदार चोर है भन्ने नारा सुरु गरेपछि केन्द्रीय मन्त्रीदेखि भाजपाका कार्यकर्ताहरुले समेत सामाजिक सञ्जालका एकाउण्टमा चौकीदार सब्द थपेका थिए ।

कांग्रेस पार्टी र राहुल गान्धीले यो चुनाबी प्रचार अभियानमा चौकीदार चोर है भन्ने नारा धेरै नै लगाएका थिए ।

प्रतिक्रिया

Loading...